Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


नेता भरतमोहन अधिकारी अस्वस्थ


0
Shares

काठमाडौं, पुस २८ । पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी अस्पताल भर्ना भएका छन् ।

छातीमा संक्रमण देखिएपछि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत सोमबार भर्ना गरिएको उनका स्वकीयसचिव महेन्द्र विष्टले जानकारी दिए ।

चिसोले गर्दा अधिकारीको छातीमा संक्रमण भएको उनले बताए ।

पूर्वअर्थमन्त्रीसमेत रहेका अधिकारीलाई शुक्रबारदेखि स्वास्थ्यमा सुधार आएपछि सामान्य बेडमा सारिएको छ ।

८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटक–पटक उपचार भइरहेको छ ।

उनको डा. राजेन्द्र रिजालको समूहले स्वास्थ्य उपचार गरिरहेको छ । रासस