Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


राष्ट्रिय संरक्षण दिवस मनाईंदै, घुन्सा दुर्घटनामा मृत्यु हुनेहरुको सम्झना


0
Shares

२०६३ साल असोज ७ गते घुन्सा दुर्घटनामा निधन भएकाहरूको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ । दिवसको अवसरमा विभिन्न संघसंस्थाले आज कार्यक्रमहरु गरिरहेका छन् ।

२०६३ साल असोज ७ गते आजकै दिन ताप्लेजुङको घुन्सामा कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने क्रममा बाक्लो हुस्सुका कारण घुन्साको फले भिरमा हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा तत्कालीन वन तथा भूसंरक्षण राज्य मन्त्री गोपाल राई, राईकी श्रीमती मीना राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदर प्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेलको मृत्यु भएको थियो ।

त्यसैगरी विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्र प्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजय कुमार श्रेष्ठ, ताप्लेजुङका दावा शेर्पा, दुई सञ्चारकर्मी लगायत संरक्षण क्षेत्रमा समर्पित स्वदेशी तथा विदेशी गरी २४ जनाको निधन भएको थियो ।