Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


बाराको प्रसौनी गाउँपालिकामा राजपाको जित


0
Shares

भोलाप्रसाद गुप्ताले दुई हजार ४३८ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विनोद जैसवालले दुई हजार ११३ मत प्राप्त गरे ।

त्यसैगरी, उपाध्यक्षमा राजपाकी गीता साहले दुई हजार ५४२ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी पिन्कीकुमारी साहले एक हजार ५९३ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत टीकेन्द्र दाहालले जानकारी दिए । रासस