Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा नयाँ शक्तिका उम्मेदवार विजयी


0
Shares

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा नयाँ शक्ति पार्टीका सूर्यनारायण मण्डल २ हजार ८०५ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी राजपा नेपालका उम्मेदवार विमलादेवी यादवले एक हजार ३८५ मत ल्याएकी छन् ।

उपाध्यक्षमा राजपाका उषादेवी मण्डल विजयी भइन् । उनले एक हजार ७१० मत प्राप्त गरेकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नयाँ शक्तिकी प्रमिलादेवी मण्डलले एक हजार ५८० मत प्राप्त गरिन् ।

यस्तै, छिन्नमस्ता गाउँपालिकाको वडा नम्बर–१ मा नेपाल लोकतान्त्रिक फोरमका विनोद यादवले ४२७ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन् ।

वडा नम्बर–२ मा नयाँ शक्ति पार्टीका चुनचुन साहले ३५० मत, वडा नम्बर–३ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार यादवले ४७८ मत, वडा नमबर–४ मा नेपाली कांग्रेसका रामचन्द्र पण्डितले ३०२ मत, वडा नम्बर–५ मा माओवादी केन्द्रका वीरेन्द्र यादवले ५९५ मत, वडा नम्बर–६ मा नयाँ शक्ति पार्टीका वीरेन्द्रप्रसाद साहले ४४३ मत र वडा नम्बर–७ मा राजपा नेपालका प्रभाकर यादवले २२८ मत ल्याएर वडाध्यक्षमा विजयी भए । रासस