२१ जेष्ठ २०८२, बुधबार | Thu Jun 5 2025


नापी विभागसँग चोरीको सफ्टवेयर, नक्सा जोखिममा


0
Shares

विभागले ‘इसरी इन्क’ नामक अमेरिकी कम्पनीको ‘आर्क जिआइएस’ सफ्टवेयर अनधिकृत रुपमा महत्वपूर्ण तथ्याकं संकलन तथा अपडेट गर्ने कार्यमा प्रयोग गरिरहेको छ ।

इसरी इन्डियाका नेपाल हेर्ने विवेक चौहानका अनुसार ७ ८ बर्ष यता नापी विभागले आफूबाट जिआइएस नलिएको बताए ।

नापी विभागको सर्भे तथा नाप नक्सासम्बन्धी कामका लागि जिआइएस सफ्टवेयर सबैभन्दा महत्वपूर्ण हुन्छ ।

विभाग र मातहतका शाखा तथा ७५ वटै जिल्ला कार्यालयको काममा दैनिकजसो उपयोगमा आउने सफ्टवेयर भने सम्बन्धीत कम्पनीको अनुमतिविना नै प्रयोग भइरहेको छ ।

सबै शाखा र जिल्ला कार्यालयमा इसरीको आर्क जिआइएस सफ्टवेयर प्रयोगमा छ ।
यस्ता छन् जोखिम
-महत्वपूर्ण सरकारी तथ्याकं नष्ट हुन सक्ने
-तथ्याकं असुरक्षित हुँदा चोरी तथा दुरुपयोग हुन सक्ने
-ह्याक हुने अत्याधिक सम्भावना
-तथ्याकं तोडमोड हुनसक्ने
-गैरकानुनी निगरानी तथा जोखिम न्यूनिकरणमा समस्या
-अनुसन्धान तथा विकास सहायतामा समस्या
नयाँ पत्रिका दैनिकबाट