संयुक्त राष्ट्र संघको ७२ औं महासभालाई न्यूयोर्कमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आतंकवादलाई चिरेर मात्र विश्व शान्ति र विकासमा अघि बढ्न सकिने बताएका हुन् ।
उनले सबैभन्दा ठूलो चुनौती बढ्दो अतिवाद र आतंकवाद नै रहेको दोहोर्याए ।
संयुक्त राष्ट्र संघसँगको सहकार्यमा नेपालले विभिन्न मुलुकमा शान्ति सेना पठाएर विश्व शान्ति स्थापनामा पहल गरिरहेको उनको भनाई थियो ।
यसमा थप सहकार्य गर्न सकिने भन्दै प्रधानमन्त्री देउवाले नेपालमा रहेको दक्षिण एसियाली शान्ति प्रशिक्षण केन्द्रमार्फत् विश्व शान्तिका लागि लगातार काम गरिरहेको बताए ।
उनले कोरियाली प्रायद्विपमा देखा परेको समस्याको शान्तिपूर्ण समाधानका पक्षमा नेपाल रहेको स्पष्ट पारे ।
प्रधानमन्त्री देउवाले नेपाल पनि विकासको पथमा अघि बढिरहेको जानकारी दिए ।
पछिल्लो समयमा नेपालमा धेरै परिवर्तन भइरहेको भन्दै उनले राजनीतिक स्थिरतापछि विश्व समुदायले पुर्याएको सहयोगको प्रशंसा गरे ।










प्रतिक्रिया दिनुहोस्