११ केभी प्रशारण लाइनको ‘इन्कमिङ फिडर’मा शनिबार राती आगलागी भएको नेपाल विद्युत प्राधिकरण बैतडीका प्रमुख मोहनदेव जोशीले जानकारी दिए ।
३३ केभी प्रशारण लाइनलाई ११ केभीमा स्थानान्तरण गर्ने मेसिन आगलागीका कारण नष्ट भएको हो, उनले भने, ‘फिडरमा आगलागी भएसंगै नेपालबाट प्रशारण हुने विद्युत सेवा अवरुद्ध भएको छ ।’
अहिले भारतबाट आउने विद्युत प्रशारण भईरहेको र भारतबाट आयातित विद्युतले लोड धान्न नसक्ने भएकाले साँझको समयमा लोडसेडिङ हुने समेत जोशीले जानकारी दिए ।
साँझ ६ बजेदेखि राती ११ बजेसम्म लोडसेडिङ हुने उनले बताए ।
बिग्रको लाइन बनाउनका लागि नेपालगञ्जबाट प्राविधिक आउने र बिग्रेको लाइन फिडर बनाउन ५/६ दिन लाग्न सक्ने बताए । विद्युत सट भएर आगलागी भएको बताईएको छ ।










प्रतिक्रिया दिनुहोस्