Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


कपडा तस्कर र सुरक्षाकर्मीबीच झडप, कर्मचारी र प्रहरी भागे


0
Shares

भारतीय बजार ठूठीबारीबाट भन्सार छलेर ल्याउँदै गरेको कपडा राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलको टोलीले बरामद गर्नेक्रममा तस्कर र सुरक्षाकर्मीबीच झडप भएको हो ।

तस्करहरुले स्थानीयलाई प्रयोग गरेर टोलीमाथि जाई लागेका थिए । त्यसपछि कर्मचारी र सुरक्षाकर्मी भागेका थिए ।

सशस्त्र र प्रहरीको थप सुरक्षा बल पुगेपछि धानबारीमा लुकाई राखेको तीन वटा गाँठ बरामद गरिएको राजश्व अनुसन्धान कार्यालयका सशस्त्र नायव उपरीक्षक विकास अर्यालले जानकारी दिए ।

कपडा बरामद गरिए पनि तस्करीमा प्रयोग गरिएको पिक अप भ्यान भने पक्राउ गर्न सकेको छैन । बरामद गरिएको कपडा करीब तीन लाखभन्दा बढी मूल्यको भएको अनुमान गरिएको छ ।