ना२च २७४४ नम्बरको टाटा मोबाइलमा बा३७प २३०२ नम्बरको मोटरसाइकल ठोक्किएर अनियन्त्रित भई बा७८प २२६४ नम्बरको स्कुटरमा ठोक्ँिकदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–१० भोलाछेंँका १९ वर्षीय सर्जन सैँजूको मृत्यु भएको हो ।
उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकलमा भक्तपुर नगरपालिका–८ का १७ वर्षीय सबिन फसिकवा, स्कुटरमा सवार भक्तपुर भोलाछेँकी १९ वर्षीया टीना जति र भक्तपुर–७ इनाचोका राहुल शाक्य घाइते भएका छन् ।
घाइतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । रासस










प्रतिक्रिया दिनुहोस्