Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


दशैं मान्न स्वदेश फर्किएकालाई सीमाक्षेत्रमा सास्ती, पैसा र सामान जोगाउन हम्मे


0
Shares

पश्चिमी नाकाबाट स्वदेश फर्कनेहरुले सीमा क्षेत्रमा भारतीय र नेपाली सुरक्षाकर्मीले दुःख दिने गरेको गुनासो गरेका हुन् ।

उनीहरुले भन्सारका कर्मचारीलेसमेत अवैध असुली गरेर सास्ती दिएको बताए ।

वर्षभरी कमाई गरेर फर्कदा सीमा क्षेत्रमा बेहोर्नुपरेको सास्तीका कारण आफूहरु हैरान भएको उनीहरुको भनाइ छ ।

उनीहरुले सीमा क्षेत्रलाई व्यवस्थित गर्न र सुरक्षाकर्मी तथा भन्सारका कर्मचारीलाई सरकारले नियन्त्रणमा राख्न सुझाव दिएका छन् ।

स्वदेश फर्कनेहरुलाई बस र रिक्सा चालकलेसमेत दुःख दिने गरेका छन् । मनपरी भाडा लिएर आफूहरुलाई ठप्ने गरेको उनीहरुको गुनासो छ ।

वर्षभरी दुःख गरेर कमाएको नगद र किनेर ल्याएको सामान जोगाउन हम्मेहम्मे पर्ने गरेको उनीहरु बताउँछन् ।