
यसबर्ष पनि दशैं र तिहारमा केन्द्रीत गीत तथा म्यूजिक भिडियोहरु तयार हुने क्रममा छन् ।
यसै सिलसिलामा दिपा पन्त र भुषण खतिवडाको आवाजमा रहेको ‘दशै तिहार गाउँमै रमाईला’े गीत सार्वजनिक भएको छ ।
डा. कृष्णहरी बरालको शव्द रहेको गीतमा हिन्दुहरुका दुइ ठूला चाड दशै र तिहार गाउँ घरमै रमाइलो हुने सन्देश दिन खोजिएको छ ।
सुनिल क्षेत्रीको निर्देशनमा तयार भएको भिडियोमा सुनिल क्षेत्री, दिपा पन्त र नेपाली ठिटोजको दमदार नृत्य हेर्न पाइन्छ ।
टंक केसीले छायाकंन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।
दशैं मनाउने उल्लासमय तरिकालाई भिडियोमा उतारिएको छ ।
रोमान्टिक पाराको नृत्य रहेको भिडियो छायाकंनका लागि सम्पूर्ण ब्यस्थापन सुजन न्यौपानेले गरेका हुन् ।
(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)
प्रतिक्रिया दिनुहोस्