Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


रातो माटो बिक्री गरेर दशैं खर्च


0
Shares

त्यस ठाउँका स्थानीयले रातो माटो बिक्री गरेर दशैंको सिजनमा मात्रै १० देखि ३० हजार रुपैयासम्म आम्दानी गर्ने गर्दछन् ।

यहाँ निकालिएको रातो माटो इलाम, ताप्लेजुङ, तेह्रथुमलगायतका जिल्लामा पुर्‍याउने गरिएको छ ।

दशैंमा घर लिपपोत गर्न रातोमाटोको बढी प्रयोग हुने गरेको छ ।

अन्य स्थानको भन्दा यहाँको माटो बढी चमकदार भएकाले बढी माग आउने गरेको स्थानीय अर्जुन खतिवडाले बताए ।

यहाँका बासिन्दाले प्रतिबोरा ८० रुपैयाँदेखि १ सय रुपैयाँसम्ममा रातोमाटो बिक्री गर्ने गर्दछन् ।

दशैंका बेला रातोमाटो बिक्री गरेर घरखर्च जुटाउनेहरुको संख्या ठूलै रहेको बताइएको छ ।