समितिको आज सिंहदरबारमा बसेको बैठकमा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई बोलाएर टेलिकमले दिने सेवा प्रभावकारी बनाउने विषमा छलफल गरेको थियो ।
ग्रामीण दूरसञ्चार विकास, कोषको प्रयोग, नेटवर्क विस्तार, गुणस्तर सुधार, दूरसञ्चारमा आधुनिक प्रविधिको प्रयोग, समस्या र चुनौतिका बारेमा सांसद्हरुले जिज्ञासा राखेका थिए ।
त्यस क्रममा सञ्चारमन्त्री बस्नेतले भने नजिकिँदै गरेका चाडपर्व र निर्वाचनलाई लक्षित गरेर टेलिकमले आफ्नो सेवालाई प्रभावकारी र भरपर्दो बनाउने तयारी गरिरहेको जानकारी दिए ।
टेलिफोन नपुगेका दुर्गम जिल्लामा दशैंपछि सेवा पुर्याउने सरकारको योजना रहेको मन्त्री बस्नेतले बताए ।










प्रतिक्रिया दिनुहोस्