२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रधानमन्त्री देउवा ओमनमा, विमानस्थलमा ‘गार्ड अफ अनर’ प्रदान


0
Shares

संयुक्त राष्ट्र संघको ७२ औं महासभामा भाग लिई स्वदेश फर्कने क्रममा प्रधानमन्त्री देउवा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी हुँदै सोमबार ओमन आइपुग्दा विमानस्थलमा रोयल ओमन प्रहरीले गार्ड अफ अनर अर्पण गरेको हो ।

प्रधानमन्त्री देउवाको ओमनको तीन दिने कार्यक्रमलाई त्यहाँको सरकारले औपचारिकता दिएको छ ।

उनलाई मस्कट विमानस्थलमा ओमनका उपप्रधानमन्त्री सइद फहद महुद अल–सइद, ओमन सरकारका पाँच मन्त्री, नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुलीलगायत उच्च अधिकारीले स्वागत गरेका थिए ।

प्रधानमन्त्री देउवाको सम्मानार्थ ओमन सरकारले रात्रिभोजको आयोजना पनि गरेको थियो ।

प्रधानमन्त्री देउवाले बुधबारसम्म ओमनमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाली दूतावासले जनाएको छ ।