काठमाडौं, पुस २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले आंशिकरुपमै भएपनि राष्ट्रिय एकता दिवस मनाएको भन्दै खुसी व्यक्त गरेका छन् ।
राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार काठमाडौंमा राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा थापाले आगामी वर्षहरुमा सरकारले विशेष महत्वका साथ यो दिवस मनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्