३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


कोचाकोच यात्रु बोक्ने र मनपरी भाडा लिने गाडीलाई तत्काल कारवाही (भिडियो)


0
Shares

यातायात व्यवसायीले बसमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने र महंगो शुल्क लिने गरेको पाइएको भन्दै ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको हो ।

चाडबाडको समयमा बसमा यात्रुहरुको चाप बढ्नुको साथै यात्रुहरुले विभिन्न समस्या भोग्नुपर्ने अवस्था सिर्जना हुन थालेपछि चितवन ट्राफिक प्रहरीले सर्तकता बढाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले राजधानी हुँदै आएका सवारी साधनहरुमा चेकजाँचमा कडाई थालेको छ ।

बसमा सिट क्षमता भन्दा धेरै यात्रु बोक्ने र महंगो शुल्क लिने परिपाटीलाई मध्यनजर गर्दै चेकजाँचमा कडाई गरेको हो ।

सोमबार नारायणगढ प्रवेश गर्ने आँपटारी चोकमा चेकजाँच गर्दा यात्रुहरुसंग महंगो शुल्क नलिएको भेटिएपनि सिट संख्या भन्दा बढी यात्रु चढाउने सवारी साधन भने प्रशस्तै भेटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।

धेरैजसो सवारी बसहरुमा सिट संख्या भन्दा पाँच जना बढि यात्रुहरु चढाएको भेटिएको छ । तर बसका चालकहरुले सिट संख्या भन्दा बढि यात्रु चढाउनु रहर नभई बाध्यता भएको बताउँछन् ।

चितवन ट्राफिक प्रहरीले पूर्व पश्चिम राजमार्गका विभिन्न स्थानहरुमा समेत चेकजाँच अगाडि बढाईरहेको छ । बस पार्कहरुमा यात्रुहरुलाई सहजताको लागि नागरिक सहायता कक्ष समेत स्थापना गरेको छ ।

यसैगरि प्रहरीले नारायणगढ–मुग्लिन सडक खण्डमा पनि सहज यात्राका लागि व्यापक प्रहरी परिचालन गरिएको पुनः ट्राफिक प्रमुख पन्त बताउँछन् ।

चाडबाडका समयमा विभिन्न समस्याहरु आउने गरेका छन् । यात्रुहरुमा असहज अवस्था आउन नदिन ट्राफिक प्रहरीले गरेको काम प्रसंसनीय छ ।