कन्चनपुर, पुस २७ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले अपारदर्शी ढंगले काम गरिहेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन कन्चनपुर शाखाले शुक्रबार महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा नेता सिंहले सबैतिरबाट पारदर्शीताको माग भइरहेका बेला सरकारका काम–कारबाही अपारदर्शी देखिन थालेको टिप्पणी गरे ।
अर्बौं रुपैयाँका परियोजनामा पनि टेन्डर नहाली प्रधानमन्त्री आफैंले दिन पाउने व्यवस्था गरिनु आपत्तिजनक भएको उनको भनाइ थियो ।
नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीका क्रियाकलाप संसदीयभन्दा पनि एकदलीय व्यवस्थाको जस्तो रहेको जिकिर गरे ।
प्रतिपक्षीकारुपमा कांग्रेसले खेलेको भूमिकामाथि प्रश्न गर्न आवश्क नरहेको भन्दै उनले आफूहरुले संसदभित्र र बाहिर र राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषय उठान गरेको बताए ।









प्रतिक्रिया दिनुहोस्