२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काठमाडौंको फोहोर उठाउन समस्या, स्थानीयद्वारा सिसडोलमा अवरोध


0
Shares

नुवाकोटको सिसडोलका बासिन्दाले फोहोर व्यवस्थापनमा अवरोध गरेपछि महानगरपालिकाभित्रको फोहोर उठाउन समस्या भएको हो ।

तर महानगरपालिकाले सिसडोलका बासिन्दासँग सहमति गरी तत्काल फोहोर उठाउन थाले पनि बाटो बिग्रिएकाले उठाएको फोहोर टेकुमा थुपार्ने गरेको थियो ।

टेकुका बासिन्दाले पनि विरोध जनाएपछि पछिल्ला दिनमा फोहोर उठ्न छाडेको थियो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले सीसडोलमा फोहोर लान नसकेपछि टेकुको फोहोर संकलन गर्ने स्थानमा फोहोर धेरै भएको भन्दै स्थानीयले समेत अवरोध गरेकाले समस्या भएको बताए ।

सिसडोलसम्म पुग्ने बाटो बिग्रिएकाले पनि फोहोर लान नसकिएको उनको भनाइ छ । उनले फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना नभएकाले पटकपटक समस्या आइरहेको बताए ।

उनले नुवाकोटकै बन्चरे डाँडामा ल्याण्डफिल साईट बनाउने योजना महानगरपालिकाले गरिरहेको जानकारी दिए ।

बञ्चरे डाँडामा फोहोर संकलन केन्द्र नबनाइए उपत्यकामा फोहोरको ठूलो समस्या सिर्जना हुने उनको भनाई थियो ।

महानगरपालिकाले तत्कालका लागि सिसडोलमै फोहोर संकलन गर्ने सहमति भएको र अब केही दिनभित्रै सबै फोहोर उठाइसक्ने जनाएको छ ।