३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


यस्तो छ नेपाली सेनाले दशैंमा संचालन गर्ने निःशुल्क बस सेवाको रुट


0
Shares

काठमाडौं उपत्यकामा टीकाका दिनभर सेनाको बसले सेवा दिनेछ भने काठमाडौंबाहिरको केही रुटमा पनि बस सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।

काठमाडौंमा टीकाका दिन सार्वजनिक सवारी साधन कम हुने भएकाले सेनाले बस चलाउन लागेको हो ।

सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार उपत्यकाका आठ वटा रुटमा यातायात सुविधा उपलब्ध गराइने छ ।

काठमाडौंबाहिरको रुटमा भने दोलखा, सिन्धुली, चौतारा, रामेछाप, इटहरी, सिरहा, राजविराजसम्म सेनाले बस सञ्चालन भइसकेको छ ।

यस्तै त्रिशुली, गोरखा, हेटौंडा, नारायणगढ, लमजुङ, पोखरा, बुटवल, कोहलपुर, धनगढी र सुर्खेतसम्म पनि सेनाका बसले सेवा दिइरहेको नेपाली सेनाका सहायक रथी झन्कारबहादुर कडायतले जानकारी दिए ।