
महान पर्व बडादशैंमा समेत तलव नपाएपछि शिक्षकहरु निरास भएका छन् । जिल्ला शिक्षा कार्यालयका कर्मचारीको ढिलासुस्तीले शिक्षकले तलब नपाउने भएपछि शिक्षकहरुको दशैं खल्लो हुने भएको छ ।
आर्थिक अवस्था कमजोर भएका शिक्षकले दशैं मान्न ऋणको खोजीमा लागेको दुखेसो पोखेका छन् ।
स्थानीय तहको निर्वाचनको कारण देखाउंदै जिल्ला शिक्षा कार्यालय गौरले नगरपालिका र गाउँपालिकामा शिक्षकहरुको विवरण ढिलो बुझाएका कारण दशैं खर्चसहित चौमासिक तलब रकम निकासा हुन नसकेको हो ।
शिक्षा कार्यालयले सम्बन्धित स्थानीय तहमा शिक्षकको विवरण बुझाएपछि मात्रै नगरपालिका र गाउँपालिकाले बैंकमा रकम दाखिला गरी बिद्यालयको खातामा हस्तान्तरण हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्