Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


बारागढी गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा फोरम नेपालको जित


0
Shares

कांग्रेसका देवदत्त बछाडले दुई हजार ६१८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका अशोक जैसवालले दुई हजार ५५५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी रायले दुई हजार हजार ५८० मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी चन्द्रवतीदेवी चौधरीले दुई हजार ४५४ मत प्राप्त गरेकी छन् ।

६ ओटा वडा रहेको बारागढीमा कांग्रेसले दुई, संघीय समाजवादीले दुई र नेकपा एमालेले पनि दुईओटा वडामा जित हात पारेको छ । रासस