२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतम पर्यटन मन्त्रालय तानिए


0
Shares

महानिर्देशक गौतमलाई मंगलबारदेखि लागू हुने गरी मन्त्रालयमा हाजिर गराइएको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।

दुई वर्षअघि महानिर्देशकमा चार वर्षका लागि नियुक्त भएका गौतमलाई पर्यटनमन्त्री जीतेन्द्रनारायण देवको (मन्त्रिस्तरीय) निर्णयबाट मन्त्रालय तानिएको बताइएको छ ।

मन्त्रालय तानिएका गौतमको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलको सदस्यमा उपसचिवद्वय प्रमोद नेपाल र निराजन घिमिरे छन् ।

उक्त कार्यदललाई नेपाल सरकारको हवाई नीति ०६३ लाई पुनरावलोकन गरी नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधारमा अवलम्बन गर्नुपर्ने नीति र गर्नुपर्ने कार्यबारे सुझाव पेस गर्ने जिम्मेवारी दिएको छ ।

यसैगरी, दोस्रो अन्तर्राष्ट्रिय निजगढ विमानस्थल निर्माणका लागि कोरियन कम्पनी एलएमडब्ल्युले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदन अध्ययन गरी भुक्तानी तिर्नुपर्ने रकमको विषयमा राय–सुझाव दिन कार्यदललाई जिम्मा दिइएको छ ।

त्यस्तै, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललगायतका सबै राष्ट्रिय गौरवका आयोजनाको प्रगति उच्च नतिजामुखी बनाउन ठोस कार्ययोजनासहित सुझाव दिन तथा नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाइ स्थायीरुपमा हवाई सुरक्षा जाँच ब्युरो स्थापना गर्ने सम्बन्धमासमेत सुझाव दिनेगरी जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ ।

यसअघि, मन्त्रालयले महानिर्देशक गौतमललाई कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै दुईपटक स्पष्टीकरण सोधेको थियो । रासस