मानवअधिकार आयोग दशैं–तिहार बिदामा पनि खुला रहने • Image Khabar Image Khabar


मानवअधिकार आयोग दशैं–तिहार बिदामा पनि खुला रहने


Imagekhabar
१० आश्विन २०७४, मंगलवार १८:३९

मानवअधिकार आयोग दशैं–तिहार बिदामा पनि खुला रहने

आयोगका प्रवक्ता मोहना अन्सारीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले बिदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था मिलाएको उल्लेख छ ।

आयोगले मानव अधिकार उल्लंघन र ज्यादतीका उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिको घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्