बडादसैंको आज सातौं दिन फूलपाती भित्र्याईंदै • Image Khabar Image Khabar


बडादसैंको आज सातौं दिन फूलपाती भित्र्याईंदै


Imagekhabar
११ आश्विन २०७४, बुधबार ०६:५९

बडादसैंको आज सातौं दिन फूलपाती भित्र्याईंदै

बेलपत्र, दारिम, पँचुर, माने, हलेदो, केराको बोट, रम्भा, धान र जयन्तीको फूललाई नवपत्रिका स्वरुप फूलपातीका दिन देवीसमक्ष अर्पण गरिन्छ ।

काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा पनि फूलपाती भित्र्याईंदै छ । धादिङको जीवनपुरबाट ल्याइएको फूलपाती पर्सिएर दसैंघरमा भित्र्याउने तयारी छ ।

सर्वसाधारणले परम्पराअनुसार हनुमानढोका दरबारको पश्चिम मूलढोका परिसरबाट फूलपाती उत्सव अवलोकन गर्न पाउने छन् । नेपाली सेनाले परम्पराअनुसार टुंडिखेलमा फूलपाती बढाई गर्दै छ ।

बडादसैंका अवसरमा पशुपतिस्थित राजराजेश्वरी, गुहेश्वरी, भुवनेश्वरी, बनकाली, झंकेश्वरी, पाटनको बंगलामुखी, चामुण्डादेवी, भीमसेनगोलाको कात्यायनीलगायत देशैभरका शक्तिपीठमा भक्तजनले पूजा आराधना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्