साउदी अरेबियाका महिलाले पनि गाडी चलाउन पाउने • Image Khabar Image Khabar


साउदी अरेबियाका महिलाले पनि गाडी चलाउन पाउने


Imagekhabar
११ आश्विन २०७४, बुधबार ०७:०५

साउदी अरेबियाका महिलाले पनि गाडी चलाउन पाउने

महिलालाई गाडी चलाउन अनुमति नभएको विश्वको एक मात्र मुलुक साउदी अरेबियाका राजा सलमानले महिलालाई गाडि चलाउन दिने आदेश जारी गरेका छन् ।

महिलाले पनि गाडी चलाउन पाउने नियम सन् २०१८ को जुन महिनादेखि लागू हुने त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ ।

साउदी प्रेस एजेन्सीका अनुसार मन्त्रालयहरुले त्यससम्बन्धी ३० दिनभित्र प्रतिवेदन तयार पार्नेछन् ।

साउदीका महिला तथा अधिकारकर्मीहरुले महिलालाई गाडी चलाउने अनुमति दिनुपर्ने माग गर्दै आएका थिए ।

अहिलेको कानुनअनुसार त्यहाँ पुरुषले मात्रै सवारी चालक अनुमतिपत्र पाउने गर्दछन् ।

गाडी चलाउन नपाउने सरकारी नीतिको अवज्ञा गरेको आरोपमा केही महिलाले जरिवाना तिर्नुका साथै जेलसमेत जानुपरेको थियो ।

राजाको आदेशपछि साउदीका महिला निकै उत्साहित देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसैबीच अमेरिकाले महिलालाई पनि गाडी चलाउने दिने साउदी राजाको आदेश मानवअधिकारको दिशामा एउटा महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्