फुङ्लिङ नगरपालिकास्थित हाङ्देवाबाट ल्याइएको फूलपाती जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको देवी मन्दिरमा विधिपूर्वक पूजा गरी तोक्मेडाँडामा रहेको नेपाली सेनाको नयाँ रणभीम गुल्ममा भित्र्याइएको हो ।
धनकुटामा भित्र्याइयो
धनकुटाको दसैंघरमा पनि बुधबार फूलपाती भित्र्याइएको छ ।
धनकुटाको बालमन्दिरमा रहेको फूलपाती घरबाट ल्याइएको फूलपातीलाई तल्लो टुँडिखेलमा पूजा र बढाइँ गरेपछि निशान मन्दिरमा रहेको दसैंघरमा भित्र्याइएको हो ।
सिन्धुलीमा फूलपाती भित्र्याइयो
सिन्धुलीको रक्तमाला मन्दिरमा भने फूलपाती भित्र्याइ बढाइँ गरिएको छ ।
रक्तमाला मन्दिर संरक्षण समितिले आयोजना गरेको फूलपाती भित्र्याउने तथा बढाइँ कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको संयुक्त टोलीले सलामी अर्पण गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्