२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


गोरखा दरबारबाट फूलपाती काठमाडौं पठाइयो


0
Shares

गोरखाको पोखराथोक, चौताराबाट जिपमा राखेर फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबारमा पठाइएको छ ।

गोरखाबाट पठाएको फूलपाती हनुमानढोका दरबार पुर्‍याएपछि फूलपातीका दिन साँझ हर्ष–बढाइँका साथ फूलपाती भित्र्याउने परम्परा रहेको छ ।

विगतमा गोरखाबाट बोकेर फूलपाती धादिङको जीवनपुरमा पुर्‍याउने र काठमाडौंबाट आएका गुरुज्यूको पल्टनसहितको टोलीले हनुमानढोकामा लगेर भित्र्याउने चलन रहेकोमा सडक बनेपछि यातायातबाट फूलपाती काठमाडौं लैजाने गरिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।

त्यस्तै, साँझ बाजागाजासहित गोरखाकै पोखराथोक, चौताराबाट लगेको फूलापती गोरखा दरबारको दसैंघरमा घाम अस्ताउने समयमा भित्र्याउने परम्परा छ ।