
गोरखाबाट ल्याइएको फूलपाती जमलबाट सांस्कृतिक बाजागाजाका साथ कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै हुनमानढोका दरबारमा भित्र्याइएको हो ।
नासलचोकमा वैदिक परम्पराअनुसार फूलपातीको पूजा गरी मूलचोकमा तान्त्रिक विधिबाट बोका बलि दिइ हनुमानढोकाको दसैंघरमा भित्र्याइएको हो ।
फूलपातीमा उखु, अदुवा, केराको बोट, पैयूँ, जयन्ती फूललगायत रहेको हुन्छ ।
दुर्गाभवानीको प्रतीक फूलपाती नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि आ–आफ्नो गणमा भित्र्याइ कोटमा निशान छापसहित मौलापूजा गरिएको छ ।
तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौंमा विजय हासिल गरेपछि गोरखा दरबारबाट हुनमानढोका दरबारमा फूलपाती भित्र्याउन थालिएको हो ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्