२२ जेष्ठ २०८२, बिहिबार | Thu Jun 5 2025


उपत्यकामा एक सातामा ४४ करोडका खसीबोका बिक्री


0
Shares

चौपाया खरिदबिक्री व्यवसायी संघका अनुसार एक साताको अवधिमा करिब ३५ हजार खसीबोका/च्यांग्रा बिकेका छन् । औसत मूल्य १२ हजार रुपैयाँको दरले ४२ करोड रुपैयाँको बिक्री भएको जनाइएको छ ।

यस्तै नेपाल खाद्य संस्थानले खसी, बोका र च्यांग्रा गरी १९ सय ३७ वटा बिक्री गरेको छ । संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार ती खसी, बोका र च्यांग्रा करिब २ करोड ३२ लाख रुपैयाँमा बिक्री भएका हुन् ।

संस्थानले प्रतिकिलो च्यांग्रा ६ सय ७५ र खसी ४ सय ५५ रुपैयाँमा बिक्री गरेको थियो ।

चौपाया संघले प्रतिकिलो च्यांग्रा ७ सय २० र खसी ५ सय ५० रुपैयाँ सम्ममा बिक्री गर्दै आएको छ । –कान्तिपुर दैनिकबाट