Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


रसुवामा चिज उत्पादनमा उल्लेख्य बृद्धि


0
Shares

भूकम्पका कारण गतवर्ष चिज उत्पादन घटे पनि यो वर्षको पहिलो चार महिनामै उत्पादन बढेको हो ।

चौरीका लागि आवश्यक चरन र घाँसे बालीमा सुधार आएपछि चिज उत्पादन वृद्धि भएको हो ।

विश्व वन्यजन्तु कोष डब्लु डब्लु एफ रसुवाले संरक्षण क्षेत्र सुधारेकाले चरन क्षेत्र वृद्धि भएको र त्यसले चौंरीको दूध उत्पादनमा सुधार ल्याएको स्थानीयको भनाइ छ ।

गत वर्षको पहिलो चार महिनामा करिब १८ हजार किलो मात्र चिज उत्पादन भएकोमा यस वर्षको सोही अवधिमा करीब २२ हजार किलो चिज उत्पादन भएको चन्दनबारी चिज उत्पादन केन्द्रका प्रमुख चन्द्रबहादुर तामाङले जानकारी दिए ।

रसुवामा चार वटा चिज उत्पादन केन्द्र छन् । सबै केन्द्रमा चिज उत्पादन बढेको बताइएको छ ।