आचारसंहिता पालना नगरे कारबाही गर्ने चेतावनी • Image Khabar Image Khabar


आचारसंहिता पालना नगरे कारबाही गर्ने चेतावनी


Imagekhabar
१२ आश्विन २०७४, बिहीबार १५:१४

आचारसंहिता पालना नगरे कारबाही गर्ने चेतावनी

बिहीबार रिपोर्टस् क्लबले राजधानीमा गरेको साक्षात्कारमा उनले निर्वाचनका लागि सबै ऐन–कानुन प्राप्त भएकाले अब कुनै समस्या नरहेको बताए ।

उनले स्थानीय तह निर्वाचनमा उल्लेख्य जनसहभागिता भएकाले निर्वाचन आयोग झन् उत्साहित भएको बताए ।

आगामी दुईओटा निर्वाचनमा मतदाता उत्साहपूर्वकरुपमा सहभागी हुने उनको भनाइ थियो ।

प्रमुख आयुक्त यादवले जनउत्साहकै कारण पनि केन्द्रीय र प्रदेशसभा निर्वाचन सफल हुने बताए ।

उनले निर्वाचन आचारसंहिता पालना गर्नसबै राजनीतिक दलहरुसँग आग्रह गरे ।

निर्वाचन आचारसंहिता पालना नगर्ने दल तथा उम्मेदवारलाई आयोगले कारबाही गर्ने उनको चेतावनी थियो ।

प्रतिक्रिया दिनुहोस्