
संयुक्त राष्ट्रसंघकाअनुसार हाल बंगलादेशमा म्यानमारका करिब पाँच लाख म्यानमालीले शरण लिएर बसेका छन् । उनीहरु तत्कालै घर फर्किने अवस्था देखिँदैन ।
सोही कारणले पनि उनीहरुको व्यवस्थापनका लागि दीर्घकालीन कार्यक्रम र रणनीतिको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको हो ।
संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकायका प्रमुख फिलिपो ग्रान्डीकाअनुसार उनीहरुको अहिलेको अवस्था अत्यन्तै नाजुक छ, खानपानको राम्रो प्रबन्ध छैन र सरसफाइ पनि छैन ।
यस्तो अवस्थामा उनीहरु बसिरहेकाले आगामी दिनमा यसले हैजा तथा यस्तै अरुपनि पानीजन्य रोगले सताउनसक्ने खतरा पनि रहेको उनको भनाइ थियो ।
उनले भने–‘यो अत्यन्तै डरलाग्दो अवस्था छ, ती शरणार्थीले खानेकुरा र पानीकै कारण ज्यान गुमाउनसक्ने लाजमर्दाे अवस्था पनि आउनसक्छ त्यसैले सहयता संस्था एवं देशलाई मेरो आग्रह छ, उनीहरुको व्यवस्थापनका लागि दीर्घकालीन व्यवस्था केही होस् ।’
‘पहिलो कुरा त हामीले उनीहरुलाई घर फिर्ता हुने वातावरण नै निर्माण गरिदिने हो । तर, अहिलेकै लागि त्यो सम्भव छैन । त्यसैले हामीले उनीहरुको बसाइँको लम्बाईको विचार गरेर पनि दीर्घकालीन संरक्षण योजना ल्याउनु आवश्यक छ’–उनको भनाइ थियो ।
म्यानमारमा उक्त समुदायमाथि सरकारी सेनाले नै हिंसा गरेको आरोपमा उनीहरुले गएको अगस्ट २५ देखि घर छोडेर हिँडेका थिए ।
उनीहरु यी दुई देशको सीमामा पर्ने नाफ नदीको किनार र त्यसको वरपर गरी चार लाख ३० हजारभन्दा बढीको संख्यामा त्यहाँ रहेका छन् । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्