Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


राँगाको बलि दिनेक्रममा भागदौड हुँदा ६ जना घाइते


0
Shares

घाइते हुनेहरुमा बैतडीको पाटन नगरपालिका–६ का ११ वर्षीया बालिका कविता विष्ट, १४ वर्षीया सरस्वती विष्ट, ३४ वर्षीय नरेन्द्र विष्ट, दशरथचन्द नगरपालिका–१ गुरुखोलाका ७२ वर्षीय देवसिंह ऐरी, दशरथचन्द नगरपालिका–४ का २२ वर्षीय दिपेन्द्र बोहरा र ३० वर्षीय विनित चन्द रहेको प्रहरीले जनाएको छ ।

घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसक्दा भारतको पिथौरागढ र कैलाली पठाइएको प्रहरीले जनाएको छ ।

बलि दिइरहेका बेला एक्कासि भागेर आएको राँगाले हान्दा उनीहरु घाइते भएका हुन् । रासस