
राजविराज, पुस २६ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको स्तरोन्नतिको काम सुरु भएको छ ।
३१ करोड रुपैयाँको लागतमा सुविधासम्पन्न अस्पताल भवन बनाउने काम सुरु भएको हो ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बिहीबार एक कार्यक्रमकाबीच अस्पताल भवनको शिलान्यास गरे ।
२०७८ असार १५ गतेभित्र भवन निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको ।
सुविधासम्पन्न भवनबाट रेडियोलोजी, प्याथोलोजी, मेडिसिन, सर्जरी, गाइनोलोजी, आइसीयु/एनआइसीयु, डायलसिस, इमर्जेन्सीलगायतका सेवा सन्चालन हुने जनाइएको छ ।
यसैगरी, अस्पतालको एनआइसीयु सेवाको पनि उद्घाटन गरिएको छ ।
उपप्रधानमन्त्री यादवले सप्तरीमा निर्माण हुन लागेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि जग्गा निरीक्षणसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्