
राष्ट्रपति भण्डारीले दिउँसो साढे ३ बजेपछि सर्वसाधारणलाई टीका लगाई दिएकी हुन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा उनले प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न दलका नेता, प्रधान सेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलगायत सरकारी अधिकारीले टीका ग्रहण गरेपछि राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाई दिएकी हुन् ।
सर्वसाधारणलाई टीकाका लागि तोकिएको समयअगावैदेखि सर्वसाधारण राष्ट्रपति कार्यालय, शितल निवास पुगेका थिए ।
राष्ट्रपतिको हातबाट टीका थाप्न पुग्नेमा महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
प्रतिक्रिया दिनुहोस्