१२ जेष्ठ २०८२, सोमबार | Mon May 26 2025


पेरिसबाट लस लन्जेलस उडेको एअरबस दुर्घटनाबाट बच्यो


0
Shares

चार इन्जिन मध्ये विमानको एउटा इन्जिन एटलान्टिक महासागरको बीचमा रहेको पश्चिमी ग्रीनल्याण्डको आकाशमा पुग्दा बिग्रिएको थियो ।

तीन वटा इन्जिन चलेको अवस्थामा विमान क्यानडाको गोस वे विमानस्थलमा अवतरण गरिनुअघि करिब एक घण्टा उडेको थियो ।

४ सय ९६ यात्रु र २४ जना चालक दलका सदस्य रहेको विमानमा सबै सकुशल रहेको एअर फ्रान्सका प्रवक्ताले जनाएका छन् ।

उडिरहेको विमानमा अचानक ठूलो आवाज आएपछि यात्रु त्रसित बनेका थिए । एअर फ्रान्सले विमानको एउटा इन्जिनमा गम्भीर क्षति पुगेको पुष्टि गरेको छ ।

गोस वे विमानस्थल एअर बस ए थ्री एट्टीका लागि प्रविधियुक्त नभएकाले विमानमा फसेका यात्रुलाई लिन एअर फ्रान्सको ट्रिपल सेभेन विमानहरु मोन्ट्रियलबाट पठाइएको जनाइएको छ ।(एजेन्सी)