Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


साठी वर्षमाथिका ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य जाँच


0
Shares

“साठी वर्ष भन्दामाथिका उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्यलाई विशेष ध्यान दिई गाउँपालिकाले पाइलट प्लानकोरुपमा हाल वडा नं. ६ मा गाउँघर क्लिनिक सञ्चालन गरेको छ” गाउँपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले भने, “हाल एउटा मात्रै वडामा सञ्चालन भएको यो अभियानलाई विस्तारै अरु वडामा पनि विस्तार गर्दै लगिने सोंच बनाएका छौँ ।”

गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको समन्वयमा प्रत्येक महिना वडा–६ मा रहेका करिब चार सय ज्येष्ठ नागरिकको घरघरमै पुगेर उनीहरुको स्वास्थ्य जाँच गर्नुका साथै सामान्य औषधि पनि निःशुल्क वितरण गर्ने गरेको छ ।

ज्येष्ठ नागरिकमा अलिबढी स्वास्थ्य समस्या देखिने र उहाँहरु स्वास्थ्यचौकीसम्म पुग्न पनि समस्या हुने भएकाले स्वास्थ्यकर्मीको टोलीलाई ज्येष्ठ नागरिकको घरमै लगेर स्वास्थ्य परीक्षण तथा परामर्श दिँदै आएको बताइएको छ । रासस