२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


विश्व बैंकले करिब रु छ अर्ब ऋण दिने


0
Shares

नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा सुधार गर्दै न्यायोचित पहुँच प्रवद्र्धन गर्न बैंकले उक्त ऋण आइतबार

स्वीकृत गरेको हो ।

नेपालको श्रम बजारमा वर्षेनी चार लाख ५० हजारदेखि पाँच लाख युवाले प्रवेश गर्ने गरेका तथा तीमध्ये अधिक सीप र शिक्षाविहीन हुने गरेकाले उक्त तालीम श्रम बजार र युवाबीच मध्यस्थ बन्न सक्ने विश्वास उक्त बैंकले व्यक्त गरेको छ ।

श्रम बजारमा आउने ती युवा स्वदेशमा भन्दा वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

बेरोजगारी र अनौपचारिक रोजगारीको अन्त्य तथा सीपयुक्त शिक्षाको प्रवद्र्धनमा उक्त ऋण सहायता नेपालका निम्ति फलदायी हुने बैंकलेआइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस