
स्पेनको बार्सिलोना रहेको क्याटलोनिया राज्यमा घोषित जनमत संग्रहका कारण खेल सार्न बार्सिलोनाले गरेको आग्रह ला लिगा अधिकारीहरुले अस्विकार गरेपछि विरोधस्वरुप यो खेल बन्द रंगशालामा विना कुनै दर्शक खेलाइएको थियो ।
खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले दुई तथा सर्जियो बुस्केट्सले एक गोल गरे । स्पेनिस लिगकै अर्को खेलमा रियाल मड्रिडले ईस्पानियोललाई २-० ले हरायो ।
खेलमा रियाल मड्रिडलाई विजयी गराउन दुबै गोल इस्कोले गरे ।
ला लिगाकै अन्य खेलहरुमा भियारियालले आईबारलाई ३-० ले हराउँदा भ्यालेन्सियाले एथ्लेटिक बिल्बाओमाथि ३-२ को जित निकाल्यो । रियाल सोसिडाड र रियाल बेटिसले ४-४ गोलको बराबरी खेले ।
स्पेसिन ला लिगामा ७ खेलबाट २१ अंक जोडेको बार्सिलोना पहिलो स्थानमा छ ।
दोस्रो स्थानको सेभियाको १६ अंक छ भने १५/१५ अंक जोडेका भ्यालेन्सिया र एथ्लेटिको मड्रिड तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।
१४ अंक मात्रै जोडेको रियाल मड्रिड पाँचौ स्थानमा खुम्चिएको छ ।
प्रतिक्रिया दिनुहोस्