Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


डडेल्धुरामा पेट्रोलको कृत्रिम अभाव, दशैं मनाउनेहरुलाई सास्ती


0
Shares

पेट्रोल अभावका कारण दशैंका लागि टीका लगाएर घर फर्किनेहरु र टीका लगाउन जानेहरुले सास्ती भोग्नुपरेको छ ।

डडेल्धुरास्थित फुटकर व्यापारी र पेट्रोल पम्पबाट नै बोतल तथा ग्यालेनमा तेल बिक्री वितरण गरिरहे पनि पम्पमा भने तेल नभएको जानकारी वितरकहरुले गराएका छन् ।

पेट्रोल अभावमा साना दशैँको समयमा बढी सञ्चालन हुने मोटरसाइकल तथा ट्याक्सी फाटफुटरूपमा चलेका छन् भने निजी सवारी साधनमा तराई पहाड जाने सर्वसाधारण दशैंको टीका थाप्नका लागि आफूखुसी जान नपाएको सर्वसाधारणको गुनासो छ ।

पेट्रोल पम्पमा तेल नपाए पनि खुद्रा तथा साना पसलमा एक लिटरको रु १५० सम्ममा बिक्री भइरहेको स्थानीयबासी वरुण पनेरुले बताए ।

दशैंको बिदा हुनुभन्दा पहिलेदेखि नै पेट्रोलको माग गरे पनि धनगढी स्थित नेपाल आयाल निगम क्षेत्रीय डिपोले इन्धन नदिँदा समस्या भएको स्थानीय पेट्रोल पम्प सञ्चालक तेजबहादुर साँकीले बताए ।

अब कार्यालय सञ्चालन भएपछि मात्रै पेट्रोलको माग गर्ने यहाँका पेट्रोल पम्पहरूलले जनाएका छन् । रासस