
गणतन्त्र स्थापनापछिको पहिलो कुमारीको उमेर १२ वर्ष पुगेकाले महाअष्टमीका दिन शाक्यलाई परिवर्तन गरि ३ वर्षीया बालिका तृष्णा शाक्यलाई राष्ट्रिय जीवित देवी कुमारी रुपमा प्रतिस्थापन गरिएको थियो ।
नयाँ कुमारी तृष्णा शाक्य भए पनि मतिना शाक्यलाई महाअष्टमीका दिनदेखि चार दिनसम्म कुमारी कै रुपमा पुजिएको थियो ।
तलेजु मन्दिर र कुमारी घरका नीनीहरुले आइतबार तन्त्र विधिअनुसार बाँधिएको मतिनाको कपाल खोली दिएपछि आजदेखि विधिवतरुपमा सामान्य जीवन सुरु भएको हो ।
त्यसपछि मतिना आज पहिलो पटक सर्वसाधारणका रुपमा ज्यावहालस्थित मामा घरसमेत गएकी छन् ।
ग्रिन पिस स्कूल गणबहालमा ७ कक्षामा अध्ययनरत मतिना अब अन्य बिद्यार्थी सरह नै अब स्कूल जानेछिन् ।
प्रतिक्रिया दिनुहोस्