१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


फुङ्लिङमा हेलिप्याड नहुँदा समस्या, यात्रु र पर्यटकलाई सास्ती


0
Shares

जिल्लामा विभिन्न प्रयोजनले आउने हेलिकप्टर अवतरणका लागि उपयुक्त स्थान नहुँदा समस्या हुने गरेको हो ।

सदरमुकाममा नेपाली सेनाले आफ्नो प्रयोजनका लागि मात्रै निर्माण गरेको हेलिप्याड र भानुजन माविको खेल मैदानलाई सार्वजनिक रुपमै प्रयोग गरिदै आएको छ ।

तर सेनाको हेलिप्याड प्रयोग गर्न प्रक्रिया झन्झटिलो हुने तथा निरन्तरको उडानले विद्यालयको पनि भौतिक संरचनामा क्षति पुग्ने हुँदा हेलिकोप्टर राख्न दिन समस्या हुने भानु जन माविका प्रधानाध्यापक किशोर राईले बताए ।

यता आफ्नो आन्तरिक प्रयोजनका लागि मात्रै निर्माण भएको हेलिप्याडमा निजी तथा व्यवसायिक हेलिकप्टर अवतरण गर्न दिन नमिल्ने नयाँ रणभिम गुल्मले बताएको छ ।

जसका कारण विरामी र पर्यटकका लागि आकस्मिक रुपमा झिकाईएका हेलिकोप्टर विद्यालयको खेल मैदान र सुकेटारमा रहेको विमानस्थलमा समेत राख्नुपर्ने बाध्यता रहेको हेलिकोप्टर व्यवसायी ईश्वरी पौडेलको भनाई छ ।

हेलिकप्टर समेत अवतरण गर्नसक्ने उचित स्थान नहुँदा यात्रु र पर्यटकले सास्ती बेहोर्नु परिरहेको छ ।

जिल्लामा विभिन्न समयमा जिल्ला बाहिरबाट हेलिकप्टर नै चार्टर गरेर आन्तरिक र वाह्य दुबै खाले पर्यटक घुम्न आउने, विरामी लिन तथा पु¥याउन र अन्य प्रयोजनका लागि मानिस पुग्ने गर्दछन् ।