
६४ वर्षीय स्टिभन विमान र शिकार गर्न अनुमति प्राप्त व्यक्ति थिए । बिगतमा उनका छिमेकी रहेका एक जनाले उनी जुवा खेल्ने र अनौठो स्वभावका भएको बताए ।
स्टिभनलाई पहिल्यैदेखि कुनै मानसिक समस्या हुनसक्ने एक स्थानीय अधिकारीले बताएको रोयटर्सले उल्लेख गरेको छ ।
स्टिभनका भाइ एरिक प्याडकले एफबीआइको खोजीको सूचीमा परेका उनीहरुका बुबा बैंक लुटेरा र एक पटक जेलबाट भागेको जनाएका छन् ।
आफ्ना दाई गोलीकाण्डमा संलग्न भएको सुनेर आफूहरु स्तब्ध भएको र त्यसो गर्नुको कारण थाहा नभएको उनले बताए ।
स्टिभन बन्दुकको शौखिन र कुनै सैन्य पृष्ठभूमिको पनि नभएको एरिकको भनाई छ ।
एनबीबीसी न्यूजका अनुसार स्टिभनले हालै जुवा खेल्न आफ्नो बैंक खाताबाट ठूलो धर राशी निकालेका थिए ।
स्टिभनका अर्का भाइका अनुसार उनले आवास भवनबाट पैसा कमाएका थिए ।
उनी आफ्नी महिला साथीसँग घरमा बस्दै आएका थिए । ती महिला अहिले अमेरिकाबाहिर रहेको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्