सहमति पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले राष्ट्रको आवश्यकता अनुसार चुनावी तालमेल र पार्टी एकताको निर्णय भएको बताएका हुन् ।
माओवादी अध्यक्ष दाहालले बिचार मिल्ने राजनीतिक शक्तिहरुबीच एकीकरणका लागि पहल भएको बताए । यो सहमति जनता र राष्ट्रका लागि भएकोमा प्रष्ट हुनुपर्ने उनको भनाइ थियो ।
दाहाललगत्तै सम्बोधन गरेका एमाले अध्यक्ष ओलीले पनि सहमति कसैका विरुद्ध नभएको प्रष्ट पारे ।
देश बनाउनका लागि सहकार्य र पार्टी एकताको निर्णय भएको भन्दै ओलीले यसबाट कोही पनि झस्किनु पर्दैन भने ।
त्यस्तै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मंगलबारको सहमति ऐतिहासिक भएको धारणा राखे ।
राष्ट्रिय सभागृहमा संयुक्त पत्रकार सम्मेलन गरी तीन वटै पार्टीका अध्यक्षहरुले चुनावी तालमेलदेखि पार्टी एकीकरणसम्मको सहमति पत्रमा हस्ताक्षर गरिरहंदा हल गुन्जयमान भएको थियो ।
तीनै नेताहरुले गरेको भाषणका क्रममा हलभित्र निरन्तर तालीको परा छुटेको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस





प्रतिक्रिया दिनुहोस्