१२ जेष्ठ २०८२, सोमबार | Mon May 26 2025


क्याटालोनियाले स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने


0
Shares

क्याटालोनिया स्वायत्त प्रदेशका नेता कार्लस् पुईगदेमोन्टले आफ्नो सरकारले स्पेनबाट छुट्टिएको घोषणा यसै हप्ताको आखिरीमा गर्ने बताएका हुन् ।

बीबीसीसँग कुरा गर्दै उनले आउँदो हप्तासम्ममा यो कार्य सम्पन्न गरिसक्ने् बताए ।

क्याटालोनियालाई अलग गर्ने घोषणा गर्दा स्पेनिस सरकारले हस्तक्षेप गरेमा त्यो ठूलो भूल हुने र त्यसले सबैथोक परिवर्तन गर्ने चेतावनी उनको छ ।

यसैबीच, स्पेनका राजा फिलिप छैठौंले भने जनमत संग्रह गराएर आयोजकले कानून विपरित काम गरेको भन्दै स्पेन निकै कठीनमा मोडमा पुगेको उल्लेख गरेका छन् ।

आफ्नो टेलिभिजन सम्बोधनमा राजा फिलिपले क्याटेलन नेताहरुले जनमत संग्रह गराएर राज्यको शक्तिप्रति अनादर गरेको र आयोजकले प्रजातान्त्रिक नीति र कानूनी शासन तोडेको बताए ।

क्याटालन समाज विभाजित भएको भन्दै उनले यसले निकै धनी मानिएको उत्तर–पूर्वी स्पेनिस राज्य र पूरै स्पेनलाई खतरामा धकेलेको टिप्पणी पनि गरे ।

यता, जनमत संग्रहका क्रममा स्पेनिस प्रहरीले दुब्र्यवहार गर्दा ९ सय भन्दा बढी ब्यक्ति घाइते बनेको भन्दै विरोधमा दशौं हजार क्याटोलियनले प्रदर्शन गरेका छन् ।

मतदानका क्रममा भएको झडपमा प्रहरीतर्फ पनि ३३ जना घाइते भएका थिए । (एजेन्सी)