म्याग्दीको लभहिलमा रमाउन पुग्ने पर्यटकको भीड • Image Khabar Image Khabar


म्याग्दीको लभहिलमा रमाउन पुग्ने पर्यटकको भीड


Imagekhabar
१८ आश्विन २०७४, बुधबार १२:२७

म्याग्दीको लभहिलमा रमाउन पुग्ने पर्यटकको भीड

समुद्री सतहदेखि ११ सय ५५ मिटरको उचाइमा रहेको लभहिलमा आर्थिक वर्ष २०७३/०७४ मा पर्यटन कार्यालय पोखरा, बेनी नगरपालिका र स्थानीयको सहयोगमा निर्माण गरिएको हो ।

करिब १२ लाख रुपैयाँमा गोलघर, रेलिङ लगायतका पूर्वाधार निर्माण भएपछि यहाँ आन्तरिक र वाह्य पर्यटकको आकर्षण बढेको छ ।

म्याग्दी सदरमुकाम बेनीबजारबाट पैदल हिंडेरै आधा घण्टामा पुग्न सकिने लभहिलबाट कालीगण्डकी र म्याग्दी नदीको नागबेली दृश्य, बेनीबजारको सौन्दर्य हेर्न सकिन्छ ।

यसैगरी, धौलागिरि, निलगिरि, अन्नपूर्ण लगायतका एकदर्जन बढी हिमालको दृश्य, गलेश्वर धाम, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रमसहित म्याग्दी र पर्वतका दर्जनौं गाउँको दृश्यावलोकन गर्न सकिन्छ ।

त्यसका साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्यावलोकन गर्नका लागि पनि पर्यटक लभहिलमा पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्