चन्द्रगढी विमानस्थलमा एक्स–रे मसिन सन्चालनमा • Image Khabar Image Khabar


चन्द्रगढी विमानस्थलमा एक्स–रे मसिन सन्चालनमा


Imagekhabar
१८ आश्विन २०७४, बुधबार १५:५८

चन्द्रगढी विमानस्थलमा एक्स–रे मसिन सन्चालनमा

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थललाई सो एक्स–रे मसिन उपलब्ध गराएको हो ।

करिब ५० लाख रुपैयाँ मूल्य पर्ने एक्स–रे मसिनको बुधबार झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उद्घाटन गरे ।

विमानस्थलमा एक्स–रे मसिन सन्चालनमा आएपछि विमानका कर्मचारी र हवाईयात्रीले सहजता महसुस गरेका छन् ।

यसअघि, विमानस्थलमा खटिएका सुरक्षाकर्मीले यात्रीको सामान चेकजाँच गर्दा खोतलेर हेर्नुपर्ने र यात्रीलाई विमानस्थलमै सामान मिलाउनुपर्ने बाध्यता थियो ।

चन्द्रगढी नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्णप्रसाद चुडालले तालिमप्राप्त सुरक्षाकर्मी नभएकाले जडानकार्यमा एक महिना ढिलाइ भएको बताए ।

अहिले तीनजना सुरक्षाकर्मीलाई विशेष तालिम दिएपछि मसिन सन्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्