२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


शौचालय नबनाए नगरपालिकाबाट पाउने सेवा–सुविधाबाट बन्चित हुने


0
Shares

आगामी कात्तिक १ गतेदेखि नगरपालिका र वडा कार्यालयबाट त्यस्ता घरधनीलाई कुनैपनि सेवा–सुविधा नदिने बताइएको छ ।

उक्त नगरपालिकालाई आगामी मंसिर २५ गतेभित्र खुला दिसामुक्त क्षेत्र बनाउने उद्देश्यले नगरपालिकाका जनप्रतिनिधिलाई नगरस्तरीय खुला दिसामुक्त तथा पूर्ण सरसफाइसम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो निर्देशन दिइएकोे नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिए ।

नगरपालिकाभित्र रहेका ११ ओटामध्ये तीनओटा वडा पहिले नै खुला दिसामुक्त घोषणा भइसकेको हुँदा ती वडामा अनुगमन गरिने उनले बताए ।

सो नगरपालिकाले मंसिर १ गते वडा नम्बर–५, मंसिर ३ गते वडा नम्बर–३, मंसिर ४ गते वडा नम्बर–४ लाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी गरेको छ ।

त्यस्तै मंसिर ५ गते वडा नम्बर–६, मंसिर ६ गते वडा नम्बर–७, मंसिर ७ गते वडा नम्बर–१, मंसिर ८ गते वडा नम्बर–८ र मंसिर ९ गते वडा नम्बर–२ पछि मंसिर २५ गते नगरलाई नै दिसामुक्त घोषणा गर्ने कार्यक्रम छ ।

समय छोटो रहेको हुँदा धेरै चुनैतीको सामना गरी तोकिएको समयमै लक्ष्य पूरा गर्न सम्पूर्ण वडाध्यक्षलाई आ–आफ्नो वडामा अभियानलाई तीव्ररुपमा लैजान नगर प्रमुख अधिकारीले आग्रह गरे । रासस