१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सुनको मूल्य स्थीर, चाँदीकोमा सामान्य कमी


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ५६ हजार रुपैयाँमै स्थीर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

दसैंको लामो बिदापछि मंगलबार खुलेको स्थानीय बजारमा सुनको मूल्य एक हजार रुपैयाँले घटेर तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसयता मूल्य स्थीर रहेको हो ।

चाँदीको भाउ भने बिहीबार तोलामा ५ रुपैयाँले घटेर तोलाको ७५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंस १२ सय ८० डलर हाराहारीमा कारोबार भएको थियो ।