
गएको वर्ष प्रतिहेक्टर जमिनमा १ दशमलव ९७ मेट्रिकटन मकै उत्पादन भएकोमा यस वर्ष भने ३ दशमलव ०७ मेट्रिकटन मकै उत्पादन भएको हो ।
सरकारले कृषिमा आधुनिकीकरण गरी मकैको उत्पादन बढाउनका लागि धादिङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि मकैको उत्पादनमा वृद्धि भएको हो ।
कार्यक्रम लागू भएपछि कृषिमा यान्त्रीकरण र वैज्ञानिक तरिकारले मकैखेती गर्नका लागि प्राविधिक सहयोगका साथै खेती गर्नका लागि आवश्यक पर्ने विभिन्न यन्त्रहरु र उन्नत जातको मकैको बीउसमेत किसानहरुलाई दिइएको थियो ।
जिल्ला कृषि विकास कार्यालय धादिङकाअनुसार धादिङ जिल्लाभर १९ हजार ३०५ हेक्टर जमिनमा मकैखेती हुने गरेको छ । यस वर्ष ५९ हजार २६६ मेट्रिकटन मकै उत्पादन भएको जनाइएको छ ।
धादिङको उच्च पहाडी भागमा स्थानीय प्रजातिको मकै लगाउने गरिएको छ भने अरु स्थानमा वर्णशंकर प्रजातिका मकैको बीउ लगाउने गरिएको छ ।
आगामी वर्ष उत्पादन थप वृद्धि हुने जिल्ला कृृषि विकास कार्यालयको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्